Posts

आम निर्वाचनको झल्को दिने स्ववियु

  आम निर्वाचनको झल्को दिने स्ववियु ६२ ओटा आंगिक क्याम्पस र १०४० ओटा सम्बन्धन प्राप्त कलेजहरु भएको देश कै ८० प्रतिशत विधार्थीहरु पढ्ने त्रिभुवन विश्वविधालयले स्वतन्त्र विधार्थी युनियनको निर्वाचन यहि चैत्र ५ गतेलाई तोकेको छ । त्रि.वि. ले स्ववियुको मिति तय गरेपछि देशका अरु विश्वविधालयले पनि चैत्रको पहिलो हप्ता कै आसपास मिति तय गरेका छन् । क्याम्पसहरुमा अहिले जाने हो भने आम निर्वाचनकै झल्को दिने गरी विधार्थी संगठनका साथीहरु लागि परिरहेको अनुभव जोकोहीलाई हुन्छ । सम्भावित अध्यक्षका उम्मेदवारहरुले त आफ्नो भिजिटिंग कार्ड पनि एक महिना पहिले देखि नै बाड्न थालेका हुन् । चुनाबलाई नै देखाएर विधार्थीहरु माझ गएको ढोङ गरी प्रशासनलाई ज्ञापन पत्र दिन विधार्थीहरु बीचमा अहिले प्रतिशप्रर्धा नै चालेको छ । यसका साथै विधार्थी माझ गएर एकाई बनाउन त विधार्थी संगठन बीच चर्को मारामार छ ।  यी सबै घटनाक्रम नियाल्दा यस्तो लाग्छ, कि देश भरी नै आम चुनाब नै हुदैछ । त्यहि एकाध न्युज च्यानलले विधार्थी निर्वाचनलाई दलहरुको शक्ति नापनको संज्ञा दिएको र त्यहि भ्रममा परेर जाबो विधार्थीको निर्वाचनलाई संगठनहरुले जिवन मरण...