आम निर्वाचनको झल्को दिने स्ववियु
आम निर्वाचनको झल्को दिने स्ववियु
६२ ओटा आंगिक क्याम्पस र १०४० ओटा सम्बन्धन प्राप्त कलेजहरु भएको देश कै ८० प्रतिशत विधार्थीहरु पढ्ने त्रिभुवन विश्वविधालयले स्वतन्त्र विधार्थी युनियनको निर्वाचन यहि चैत्र ५ गतेलाई तोकेको छ । त्रि.वि. ले स्ववियुको मिति तय गरेपछि देशका अरु विश्वविधालयले पनि चैत्रको पहिलो हप्ता कै आसपास मिति तय गरेका छन् ।
क्याम्पसहरुमा अहिले जाने हो भने आम निर्वाचनकै झल्को दिने गरी विधार्थी संगठनका साथीहरु लागि परिरहेको अनुभव जोकोहीलाई हुन्छ । सम्भावित अध्यक्षका उम्मेदवारहरुले त आफ्नो भिजिटिंग कार्ड पनि एक महिना पहिले देखि नै बाड्न थालेका हुन् । चुनाबलाई नै देखाएर विधार्थीहरु माझ गएको ढोङ गरी प्रशासनलाई ज्ञापन पत्र दिन विधार्थीहरु बीचमा अहिले प्रतिशप्रर्धा नै चालेको छ । यसका साथै विधार्थी माझ गएर एकाई बनाउन त विधार्थी संगठन बीच चर्को मारामार छ । यी सबै घटनाक्रम नियाल्दा यस्तो लाग्छ, कि देश भरी नै आम चुनाब नै हुदैछ । त्यहि एकाध न्युज च्यानलले विधार्थी निर्वाचनलाई दलहरुको शक्ति नापनको संज्ञा दिएको र त्यहि भ्रममा परेर जाबो विधार्थीको निर्वाचनलाई संगठनहरुले जिवन मरणको संज्ञा दिएर लागेको देख्दा उदक लागेर आउँछ ।
निर्वाचन प्रकिया लोकतन्त्रको सबै भन्दा सुन्दर पक्ष हो । निर्वाचन भएपछि जित वा हार हुनु त्यसको अर्को सामान्य पाटो हो । तर विडम्बना नेपाली समाजले जितलाई निकै ठुलो र हारलाई पिडादयीक रुपमा ग्रहण गर्ने हुदाँ यो विधार्थी संगठनमा लागु नहुने कुरै भएन । त्यहि भएर विधार्थी संगठनहरु कोही पनि आफुले हार्ने ठाँउमा निर्वाचन गराउने चाहना राख्दैनन् । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले भनेका ‘यदि समयलाई निकाली दिने हो, भने हरेक मान्छे विजेता र पराजित हो’ भनाई हाम्रो नेपाली समाजले मनन गर्न जरुरी छ । हारलाई पनि सर्हष स्विकार्ने वातावरण तयार गर्न अब हाम्रो समाजले ढिलो गर्न हुन्न ।
यहि हारको मानसिकताबाट नेविसंघ, अखिल, अखिल (क्रान्तिकारी) संगठनहरु माथि उठेको भए । १४/१४ बर्षसम्म विधार्थी हकहितका कुरा गर्ने स्ववियुको निर्वाचन हरेक २/२ बर्षमा हुने थियो । जसले गर्दा अहिलेका विधार्थीहरु माझमा विधार्थी संगठनको औचित्यो पुष्टि हुने त थियो नै, विधार्थी राजनीतिप्रति युवा पुस्ताको आकर्षण कायम रहने थियो ।
अहिलेको युुवा पुस्ता विधार्थी संगठनको खारेजी माग गर्दै कुनै दिन एक व्यक्तिले यस विरुद्ध महाअभियान खडा गरेको दिन यी संगठनहरु त मैदानबाट हराउने नै छन् । राजनीतिक दल पनि आफ्नो विधार्थी संगठनहरु खारेज गर्न बाध्य हुने छन् । किन भने नेपाली समाजमा परिवर्तनको बिगुल फुक्न मलिलो माटो तयार छ ।
नेपाली राजनीतिक परिवर्तनका चरणहरुमा विधार्थीले खेलेको भुमिका जतिसुकै गर्वभिलो किन होस् । घुषखोरी तन्त्र, मिलिमतोमा अनैतिक काम गराउने र दादागरी झार्ने अहिलेका विधार्थी संगठनहरु मुलभुत चरित्र हो । आफ्नो मुख्य चरित्र नै र्विसिसकेका संगठनहरुले जुनसुकै हालतमा पनि चुनाब जितेर आफ्नो संगठनलाई बलियो देखाउन खोज्नु कुनै नौलो र अचम्मको कुरा भएन ।
मुल कार्यदिशा र कार्यनीति मै स्खालित संगठनहरुबाट अपेक्षा राख्ने तपाई हामी विधार्थीहरु झन् मुर्ख हौं । विधार्थीहरु माझ गएर तिनीहरुका समस्या सुनेर ती समस्याहरुलाई स्ववियु निर्वाचनको मुख्य चुनाबी मुद्धा बनाउन छाडेर आफ्ना कर्मचारी तन्त्रबाट पैसा मागेर पार्टीगत विधार्थीहरु चुनाबकै लागि भर्ना गरेर चुनाब जित्ने दिवासपना देखेका संगठनहरुबाट तपाई हामी जस्ता नियमित विधार्थीहरुले के सुधारको अपेक्षा गर्ने हो ? यो पल्टको स्ववियु चुनाबको लागि संगठनको दबाबबाट, चुनाबमा उठेर जित्ने आकांक्षाका साथ र भोटर बनेर आफ्नो पार्टीलाई चुनाब जिताउन देशै भरी विधार्थी भर्नाको दर बढेको छ । त्रि.विको खस्कदो पढाईले घटिरहेका विधार्थी संख्यामा यो पटक स्ववियु निर्वाचनले भर्नाका सन्र्दभमा नाटकिय सुधार गरे पनि यहि अवस्था कायम रहने हो भने विधार्थीको पलायन कसैले रोक्न सक्ने वाला छैनन् ।
त्रि.विले विधार्थी संगठनलाई दिएको अनावश्यक छुट र त्यसैको सिको गर्दै अरु विश्वविधालयले गरेका प्रवधानले गर्दा पनि पार्टीगत हतियार बनेका विधार्थी संगठनहरुको अघि प्रशासन मुख दर्शक छ । स्वार्थी संगठनका मागहरु विधार्थीको पक्षमा हुने कुरै भएन । आफ्नो समुहको फाइदा देखे सर्मथन गर्ने नभए क्याम्पसमा ताल लगाउने संघहरुलाई तपाई हामीले केका आधारमा विश्वास गर्ने ।
एउटा कुरा बोल्ने र अर्को गर्ने विधार्थी नेताहरु आफै पनि ढुक्कसँग स्ववियुको चुनाब हुन्छ भनेर भन्न सक्ने अवस्थामा छैनन् । भन्नका लागि भन्ने एउटा कुरा भयो तर इमानदार र्पुबक उत्तर दिन उनीहरु आँट र आत्मविश्वास छैन । किन भने नेपाली समाजले संज्ञाय दिएको मिनी आम चुनाबमा आफ्नो नेतृत्वमा काही पनि हार्न चाहदैनन् । विधार्थी नेताहरुलाई लोकतन्त्रमा हर्नु भनेको सामान्य हो भन्ने कुरा सिकाउन नेपालको शिक्षा नीतिले सकेन भनौं या उनीहरुले हारबाट पनि सिक्न सकिन्छ भन्ने कुरा मनन् गर्न सकेन ।
जबसम्म स्ववियु चुनाबलाई मिनी आम चुनाबको रुपमा नेपाली समाजले हेर्छ । तबसम्म संगठनका नेताहरु यो चुुनाबबाट भागि रहने छन् । त्यसैले यो चुनाबलाई विधार्थी हकहितका लागि गरिएको सामान्य लोकतान्त्रिक प्रकियाको रुपमा ग्रहण गर्न हुन हार्दिक अनुरोध छ ।
Comments
Post a Comment